images
images

युरोप, अष्ट्रेलिया र एशियाका गन्तव्यमा अब सिधा उडान गर्न पाइने


  • 434
    SHARES
  • २०७८ कार्तिक २५ गते बिहीबार

    युरोप, अष्ट्रेलिया र एशियाका गन्तव्यमा अब सिधा उडान गर्न पाइने

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ ।

    नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको हो । सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा गर्न सकिने निगमले जनाएको छ ।
           
    निगमका प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एक अर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताइन् । सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने उनको भनाइ छ ।
           
    टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साखा बढ्ने निगमको अपेक्षा छ । टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ । 

    यसका साथै निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेज्यू तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो ।

    गन्तव्य र एयरलाइन्सको विवरण तलको तालिकामा उल्लेख गरिएको छ ।
          
    क्र।सं।      क्षेत्र                                      वायुसेवा
    १   काठमाडौँ–बैंकक–सोल        नेपाल एयरलाइन्स–थाइ एयरवेज
    २   काठमाडौँ–बैंकक–सिड्नी         नेपाल एयरलाइन्स–थाइ एयरवेज
    ३   काठमाडौँ–बैंकक–टोक्यो        नेपाल एयरलाइन्स–अल निप्पोन एयरलाइन्स
    ४   काठमाडौँ–दोहा–कुवेत         नेपाल एयरलाइन्स–कुवेत एयरवेज
    ५   काठमाडौँ–दुबई–कुवेत         नेपाल एयरलाइन्स–कुवेत एयरवेज 
    ६   काठमाडौँ–दुबई–जुरिच        नेपाल एयरलाइन्स–इमिरेट्स
    ७   काठमाडौँ–दुबई–लण्डन        नेपाल एयरलाइन्स–इमिरेट्स
    ८   काठमाडौँ–दुबई–फ्र्याङ्कफर्ट      नेपाल एयरलाइन्स–इमिरेट्स
    ९   काठमाडौँ–दुबई–पेरिस         नेपाल एयरलाइन्स–इमिरेट्स
    १०   काठमाडौँ–दुबई–बहराइन         नेपाल एयरलाइन्स–इमिरेट्स


    images
    images

    Logo