images
images

सिद्धार्थ बैंकको नाफा ५३ करोड २ लाख, वितरणयोग्य मुनाफा कति ?


  • 359
    SHARES
  • २०८१ माघ ७ गते सोमबार

    सिद्धार्थ बैंकको नाफा ५३ करोड २ लाख, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौं । सिद्धार्थ बैंकले ५३ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३.३६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ११ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १३ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। 

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ६५ पैसा घटेर ७ रुपैयाँ ५३ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.२१ गुणा रहेको छ। 


    images
    images

    Logo