images
images

एनआईसी एशिया बैंकले कमायो १५ करोड १७ लाख नाफा


  • 314
    SHARES
  • २०८१ माघ ७ गते सोमबार

    एनआईसी एशिया बैंकले कमायो १५ करोड १७ लाख नाफा

    काठमाडौं । एनआईसी एशिया बैंकले १५ करोड १७ लाख नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.०३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    पुस मसान्तसम्ममा बैंकले ५ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत बर्षको तुलनामा ६.४० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    पुसमसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। 

    १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २३ रुपैयाँ ५६ पैसा घटेर २ रुपैयाँ ३ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८५.११ गुणा रहेको छ।  


    images
    images

    Logo