images
images

एभरेष्ट बैंकले कमायो २ अर्ब ७ करोड नाफा, वितरणयोग्य मुनाफा कति ?


  • 414
    SHARES
  • २०८१ माघ ७ गते सोमबार

    एभरेष्ट बैंकले कमायो २ अर्ब ७ करोड नाफा, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौं । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    सो बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५८ पैसा रहेको छ।

    १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।


    images
    images

    Logo