काठमाडौं । बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेपको आकार ६७ खर्ब ३४ अर्व पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म अथात् १३ जनवरी, २०२४ सम्ममा बैंकहरुको निक्षेप ६७ खर्ब ३४ अर्व पुगेको हो ।
पुस २८ गते ६६ खर्ब ९८ अर्ब रुपैयाँ बराबर निक्षेप रहेकोमा भोलिपल्ट अर्थात् एकैदिन ३६ अर्ब रुपैयाँले बढेको छ ।
पुस २९ मा वाणिज्य बैंकहरुको मात्र निक्षेप एकैदिन २८ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५९ खर्ब ६० अर्ब रुपैयाँ थियो।
पुस २९ मा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी पनि ३१ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल कर्जा लगानी ५४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५४ खर्ब ४ अर्ब रुपैयाँ थियो।
वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पुस २९ गते एकैदिन २७ अर्ब रुपैयाँले बढेर ४८ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४७ खर्ब ९० रुपैयाँ थियो।
पुस २९ मा बैंकहरुको औसत सीडी रेसियो ७९.४३ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ।



