images
images

६.६ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको नाफा, कुन बैंकको नाफा कति ?


  • 409
    SHARES
  • २०८१ माघ १ गते मंगलबार

    ६.६ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको नाफा, कुन बैंकको नाफा कति ?

    काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना(साउनदेखि मंसिरमसान्तसम्म) वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड ७ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ६.६ प्रतिशतले बढेको हो ।

    वाणिज्य बैंकहरुले अघिल्लो वर्षको यही अवधिसम्म २८ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यस अवधिमा १९ वटा वाणिज्य बैंकले नाफा कमाउन सफल भएका छन् ।

    समीक्षा अवधिसम्म कृषि विकास बैंक ३५ करोड २४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १२ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    कुन बैंकको नाफा कति ?

    समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउने नबिल बैंक अग्रस्थानमा रहेको छ । यो बैंकले चालु वर्षको मंसिरसम्म ३ अर्ब ४९ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा १७.७८ प्रतिशतले बढेको छ ।

    दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म २ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३.५३ प्रतिशतले मात्रै बढेको छ ।

    सर्वाधिक नाफा आर्जन गर्ने तेस्रो बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । यो बैंकले समीक्षा अवधिसम्म २ अर्ब ४९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ६० करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा ४.५२ प्रतिशतको संकुचन आएको छ ।

    यसैगरी चालु आर्थिक वर्षको मंसिरसम्म कुमारी बैंकले १ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो बर्षको तुलनामा ५३.१५ प्रतिशतले बढी हो ।

    साथै, यस अवधिमा प्राइम कमर्सियल बैंकले १ अर्ब ९६ करोड ८९ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड २ लाख रुपैयाँ, एनएमबी बैंकले १ अर्ब ९० करोड ६४ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६४ करोड ७ लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले १ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    पाँच महिनाको अवधिमा नाफा ग्रोथको हिसाबले नेपाल एसबीआई अग्रस्थानमा रहेको छ । त्यस्तै चालु आर्थिक वर्षको मंसिरसम्म हिमालयन बैंकले १ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ९७ करोड ९० लाख रुपैयाँ, सानिमा बैंकले ९० करोड ४१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ८२ करोड ७४ लाख रुपैयाँ, सिटिजन्स बैंकले ६९ करोड ४९ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ६३ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।


    images
    images

    Logo