images
images

माघ महिनाका लागि कुन बैंकको ब्याजदर कति ?


  • 430
    SHARES
  • २०८१ पौष २९ गते सोमबार

    माघ महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

    काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले माघ महिनाका लागि निक्षेपको ब्याजदर यथावत राखेका छन्। पुस महिनाको तुलनामा माघ १ गतेदेखि लागू हुने गरि ब्याजदर यथावत राखिएको हो।

    २० बैंकहरुमध्ये १७ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी ३ वाणिज्य बैंकहरुमध्ये दुई वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने एकले बढाएको छ।

    पुसको तुलनामा माघ महिनामा ब्याजदर घटाउने बैंक नेपाल एसबिआई बैंक र कृषि विकास बैंक रहेका छन् भने बढाउने बैंक लक्ष्मी सनराइज बैंक रहेको छ। नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ। लक्ष्मी सनराइज बैंकले भने यस्तो खाताको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको हो।

    दुई बैकहरुको ब्याजदर घटेपछि बैंकहरुको औषत ब्याजदर पनि सामान्य घटेको छ। पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशतविन्दु घटेको हो।

    कुन बैंकको ब्याजदर कति ?

    बैंक पुस माघ
    नबिल बैंक ५.७५ ५.७५
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६.५ ६.५
    माछापुच्छ्रे बैंक
    हिमालयन बैंक ६.२५ ६.२५
    नेपाल एसबिआई बैंक ५.५
    एभरेष्ट बैंक
    एनआईसी एसिया बैंक ६.६ ६.६
    स्ट्यान्डर्ड चार्टर्ड बैंक ६.२५ ६.२५
    लक्ष्मी सनराइज बैंक ५.७५ ५.७५
    कुमारी बैंक ५.९१ ५.९१
    सिद्धार्थ बैंक
    सानिमा बैंक ६.०५ ६.०५
    एनएमबि बैंक ६.६ ६.६
    प्रभु बैंक ६.१ ६.१
    ग्लोबल आइएमई बैंक ५.७५ ५.७५
    सिटिजन बैंक ५.६५ ५.६५
    प्राइम कमर्सियल बैंक ६.२५ ६.२५
    कृषि विकास बैंक ५.५७ ५.५१
    नेपाल बैंक ५.६ ५.६
    राष्ट्रिय वाणिज्य बैंक

     


    images
    images

    Logo