images
images

बैंकिङ प्रणालीबाट आज ८० अर्ब तरलता तान्दै राष्ट्र बैंक


  • 292
    SHARES
  • २०८१ पौष २४ गते बुधबार

    बैंकिङ प्रणालीबाट आज ८० अर्ब तरलता तान्दै राष्ट्र बैंक

    काठमाडौं ।  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार ८० अर्ब तरलता खिच्ने भएको हो ।

    राष्ट्र बैंकले १४ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्ने भएको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ ।

    निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । बुधबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज ९ माघमा भुक्तानी हुनेछ ।

    निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।


    images
    images

    Logo