images
images

आइसीएफसी फाइनान्सलाई ३ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डले दियो अनुमति


  • 370
    SHARES
  • २०८१ पौष १८ गते बिहीबार

    आइसीएफसी फाइनान्सलाई ३ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डले दियो अनुमति

    काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । फाइनान्सले प्रतिइकाई १ हजार रुपैयाँ दरले कुल ३ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । 

    जसमध्ये १ लाख २० हजार इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी १ लाख ८० हजार इकाई कम्पनीले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्ने भएको छ । 

    कुमारी क्यापिटललाई यो ऋणपत्रको बिक्री प्रबन्धक नियुक्त गरिएको छ । फाइनान्सले ७ वर्ष अवधिको ‘आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर पाइनेछ ।
     


    images
    images

    Logo