images
images

पुस महिनाका लागि कुन बैंकको ब्याजदर कति ?


  • 540
    SHARES
  • २०८१ मंसिर ३० गते आइतबार

    पुस महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

    काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाको लागि मंसिर महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन् । यद्यपि, पुसका लागि केही बैंकले थोरै ब्याज बढाएका छन् भने कतिपयले घटाएका छन् । 

    व्यक्तिगत मुद्दति निक्षेपमा पुस महिनामा सबैभन्दा ब्याज दिने बैंक एनआईसी एशिया बैंक रहेको छ । सो बैंकले अधिकतममा ६.६ प्रतिशत ब्याज दिने भएको छ । यद्यपि, बैंकको ब्याजदर मंसिरको तुलनामा ०.१९ प्रतिशतविन्दु घटेको हो । यस्तो खातामा सबैभन्दा कम ब्याज दिने बैंक भने लक्ष्मी सनराइज बैंक रहेको छ। सो बैंकले पुस महिनामा अधिकतममा ५.५ प्रतिशत ब्याज दिनेछ।

    २०८१ मंसिरको तुलनामा पुस १ गतेदेखि लागू हुने ब्याजदर यथावत राखिएका हुन्। २० वाणिज्य बैंकहरुमध्ये १४ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा मंसिरकै दरलाई निरन्तरता दिएका छन्। त्यस्तै, ३ बैंकहरुले यस्तो ब्याजदर घटाएका छन् भने ३ बैंकहरुले ब्याजदर बढाएका छन् ।

    कुन बैंकको ब्याजदर कति?

    बैंक मंसिर पुस
    नबिल बैंक ५.७५ ५.५७
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६.५ ६.५
    माछापुच्छ्रे बैंक
    हिमालयन बैंक ६.२५ ६.२५
    नेपाल एसबिआई बैंक
    एभरेष्ट बैंक
    एनआईसी एसिया बैंक ६.७९ ६.६
    स्ट्यान्डर्ड चार्टर्ड बैंक ६.२५ ६.२५
    लक्ष्मी सनराइज बैंक ५.७५ ५.७५
    कुमारी बैंक ५.९१ ५.९१
    सिद्धार्थ बैंक
    सानिमा बैंक ६.१५ ६.०५
    एनएमबि बैंक ५.७५ ६.६
    प्रभु बैंक ६.१ ६.१
    ग्लोबल आइएमई बैंक ५.७५ ५.७५
    सिटिजन बैंक ५.६५ ५.६५
    प्राइम कमर्सियल बैंक ५.७५ ६.२५
    कृषि विकास बैंक ५.५३ ५.५७
    नेपाल बैंक ५.९५ ५.६
    राष्ट्रिय वाणिज्य बैंक


    images
    images

    Logo