images
images

टेलिकमको एमपिओएस रिचार्जमा बोनश सुविधा, कति रुपैयाँको रिचार्जमा कति पाइन्छ बोनश ?


  • 461
    SHARES
  • २०८१ मंसिर १९ गते बुधबार

    टेलिकमको एमपिओएस रिचार्जमा बोनश सुविधा, कति रुपैयाँको रिचार्जमा कति पाइन्छ बोनश ?

    काठमाडौं । नेपाल टेलिकमले एमपिओएस रिचार्जमा बोनश उपलब्ध गराएको छ । कम्पनीले मङ्सिर १८ गते मङ्गलबारदेखि आगामी पुस १७ गतेसम्मका लागि एमपिओएस रिचार्जमा बोनश उपलब्ध गराएको हो । 

    टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरू अपनाउन सकिन्छ । 

    यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै मोवाइल प्वाइन्ट अफ सेल (एमपिओएस) र नमस्ते पे, इसेवा, खल्ती, आइएमई पेलगायतका डिजिटल वालेटहरू विकल्पको रूपमा रहेका छन् ।

    ntc gb.JPG

    ग्राहकवर्गले सहजरूपमा कम्पनीका सेवाहरूमार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विभिन्न विद्युतीय माध्यमबाट टपअप गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ । यसका साथै सहज तवरले अविछिन्न रूपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरूको लागि नमस्ते सापटीको सुबिधा कम्पनीले उपलब्ध गराएको छ । 

    प्रिपेड मोबाइल प्रयोगकर्ताहरूले स्टार्ट टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *1477# डायल गरी १ छनौट गरेर सापटी लिन सक्नेछन् ।


    images
    images

    Logo