images
images

कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख, निक्षेप लिन र कर्जा प्रवाहमा रोक


  • 431
    SHARES
  • २०८१ मंसिर ११ गते मंगलबार

    कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख, निक्षेप लिन र कर्जा प्रवाहमा रोक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाएको छ । राष्ट्र बैंकले आज सूचना जारी गरेर कर्णाली विकास बैंकलाई आजबाटै लागू हुने गरि थप निक्षेप संकलन गर्न र कर्जा प्रवाह गर्न रोक लगाइएको हो।

    नेपालगन्जमा रहेको यस विकास बैंकमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले कारबाही गरेको छ ।

    ‘संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई आजैका मितिबाट लागू हुनेगरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको ब्यहोरा सर्वसाधारणमा जानकारी गराइन्छ’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ । राष्ट्र बैंकले उक्त बैंकलाई समस्याउन्मुख घोषणा गरेको छ ।

    राष्ट्र बैंकले ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले वित्तीय परिसूचक सुधार गर्ने सतर्मा आजदेखि लागू हुने गरि कारबाही गरेको हो।

    खराब वित्तीय सूचकका बाबजुत पछिल्लो समय सेयर बजारमा यो कम्पनीमा कारोबारी हाबी देखिएका छन् । जसले गर्दा सेयर मूल्य हालसम्मकै उच्च प्रतिकित्ता ८४० रुपैयाँ छ । सोमबार मात्रै ५.६६ प्रतिशत मूल्य बढेको छ ।

    सो बैंकको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै, यस विकास बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नोक्सानी १ करोड ९८ लाख रुपैयाँ रहेको छ ।


    images
    images

    Logo