images
images

१ अर्ब २७ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 364
    SHARES
  • २०८१ मंसिर २ गते आइतबार

    १ अर्ब २७ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब २७ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मद्धती निक्षेपमा लगानी गर्न लागेको हो ।

    राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा १ अर्ब १ करोड ६० लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १९ करोड ५ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड ३५ लाख रुपैयाँ रुपैयाँ लगानी गर्ने भएको छ । 

    मुद्दति निक्षेपका रुपमा लिन चाहने बैंकहरुले मंसिर ४ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दति निक्षेप २०८१ मंसिर ११ गतेदेखि २०८२ मंसिर १० गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

     


    images
    images

    Logo