images
images

चुच्चे नक्सा अंकित १०० रूपैयाँका नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीलाई टेण्डर


  • 572
    SHARES
  • २०८१ कार्तिक ११ गते आइतबार

    चुच्चे नक्सा अंकित १०० रूपैयाँका नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीलाई टेण्डर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो ।

    नोटको डिजाइन, छपाई र डेलिभरीसहितको टेण्डर चिनियाँ कम्पनीले पाएको छ। चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टङ कर्पोरेसनले सबैभन्दा कम रकमको बिड गरेपछि उसैले यो टेण्डर पाएको हो। 

    नेपाल सरकार मन्त्रिपरिषद्ले गत वैशाखमा नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्ने स्वीकृति दिएको थियो । ७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । १०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन पनि परिवर्तन गर्नुपर्ने भएको थियो ।

    नेपाल राष्ट्र बैंक ऐन अनुसार नोट छपाइ डिजाइन नेपाल राष्ट्र बैंकले नै गर्दा आएको छ । तर, नोटको डिजाइन र साइज परिवर्तन गर्नुपर्ने भएमा नेपाल सरकारको स्वीकृत लिनुपर्ने व्यवस्था छ । सोही अनुसार नेपाल सरकार मन्त्रिपरिषद् गत वैशाखमा चुच्चे नक्सा अंकित गर्ने गरी १०० रुपैयाँ दरको नोटको डिजाइन परिवर्त गर्ने गरी स्वीकृति दिएको थियो ।

    अब डिजाइन परिवर्तन गरी चुच्चे नक्सा अंकित १०० दरको नयाँ नोट छपाइ गरी नेपाल राष्ट्र बैंकलाई डेलिभरी गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको हो ।

    १०० दरको ३० करोड थान नोटको  डिजाइन, छपाइ, सप्लाई र डेलिभरी गर्न केन्द्रीय बैंकले कम्पनीसँग आशयपत्र माग गरेको छ । ३० करोड वटा एक सय रूपैयाँको नोट छाप्न कम्पनीले ८९ लाख ९६ हजार पाँच सय ९२ डलर अर्थात् आजको विनिमयदर १ सय ३४ रूपैयाँ २४ पैसाको आधारमा १ अर्ब २० करोड रूपैयाँको लागत पेस गरेको थियो। 

    यस आधारमा १ सयको प्रति नोट लागत ४ रूपैयाँ दुई पैसा हुने भएको छ।


    images
    images

    Logo