काठमाडौं । नेपालीहरुमा महानपर्व दशैकै महिनामा पनि आयात घटेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो ३ महिनाको तथ्यांकमा यस्तो अवस्था देखिएको हो ।
गत आर्थिक बर्षको पहिलो ३ महिनामा ३ खर्ब ९० अर्ब रुपैयाँ आयात भएको छ भने ३८ अर्ब ३७ करोड रुपैयाँ निर्या भएको छ ।
भन्सार विभागका अनुसार आयात ४.१७ प्रतिशत र निर्यात ६.११ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको सोही अवधिमा ४ खर्ब ७ अर्ब रुपैयाँ भएको थियो भने ४० अर्ब ८७ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।
आयात र निर्यातसँगै व्यापार घाटामा समेत गिरावट आएको छ । विभागका अनुसार व्यापार घाटा ३.९६ प्रतिशतले घटेको छ । चालु आर्थिक बर्ष २०८१/८२ को असोजसम्ममा ३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ भने गत बर्षको सोही अवधिमा ३ खर्ब ६६ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो ।
यस अवधिमा आयात निर्यात अनुपात २.०६ प्रतिशतले बढेको छ ।



