काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नबिल बैंकले २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
असोज मसान्तसम्ममा बैंकले ४ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
असोज मसान्तसम्ममा ४ अर्ब ९८ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी २० रुपैयाँ ९८ पैसा रहेको छ।
२७ अर्ब ५ करोड ६९ लाख ९७ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ५ करोड २६ लाख १३ हजार रुपैयाँ छ।
बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२९.४८ रुपैयाँ छ ।



