images
images

७० प्रतिशतले बढ्यो नेपाल एसबिआई बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 328
    SHARES
  • २०८१ कार्तिक ७ गते बुधबार

    ७० प्रतिशतले बढ्यो नेपाल एसबिआई बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । नेपाल एसबिआई बैंकले ७० प्रतिशत नाफा कमाएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ८१ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    असोज मसान्तसम्ममा बैंकले १ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत बर्षको तुलनामा यस्तो आम्दानी २.४३ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    असोज मसान्तसम्ममा १ अर्ब ८६ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३६ पैसा रहेको छ। १० अर्ब ५० करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ९.०८ प्रतिशत बढेको छ। 

    सो बैंकले १ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब रुपैयाँ कर्जा  प्रवाह गरेको छ । 

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ७८ पैसा बढेर ३१ रुपैयाँ ३ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ४६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.११ गुणा रहेको छ।


    images
    images

    Logo