काठमाडौं । कामना सेवा विकास बैंकको नाफा ४६ प्रतिशतले बढेको छ । बैंकले प्रकाशित गरेको प्रथम त्रैमासको वित्तिय विवरणमा यस्तो अवस्था देखिएको हो ।
बैंकले चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो ३ महिनामा १७ करोड ४९ लाख रुपैयाँ नाफा गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.३९ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ११ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो ।
सो अवधिमा बैंकले ४९ करोड ९ लाख रुपैयाँ बराबर रकम खुद व्याज आम्दानी गरेको छ ।
प्रथम त्रैमासमा निष्क्रिय कर्जा गत आर्थिक वर्षको तुलनामा बढेको छ । गत आर्थिक वर्षको तीन महिनासम्ममा ३.४८ प्रतिशत रहेको उक्त कर्जा यसपटक बढेर ३.९६ प्रतिशत पुगेको छ ।
निष्क्रिय कर्जा बढेको भएतापनि बैंकको इम्पेरिमेन्ट चार्ज भने घटेको छ । गत असोजसम्ममा बैंकले सो शिर्षकमा ९ करोड ५२ लाख रुपैयाँ छुट्याएको थियो । उक्त चार्ज यसपटक घटेर ४ करोड ८७ लाख रुपैयाँ मात्र रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १९.९४ रुपैयाँ रहेको छ ।



