images
images

२३ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 372
    SHARES
  • २०८१ कार्तिक ७ गते बुधबार

    २३ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफामा २३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    असोज मसान्तसम्ममा बैंकले ४ अर्ब ११ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    असोज मसान्तसम्ममा १ अर्ब ९१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेको छ। ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ७.८४ प्रतिशत बढेको छ। 

    सो बैंकले ५ खर्ब १२ अर्ब रुपैयाँ  निक्षेप संकलन गरी ३ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा  प्रवाह गरेको छ ।  

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३ पैसा बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५.७१ गुणा रहेको छ।


    images
    images

    Logo