images
images

दुई महिनामा वाणिज्य बैंकहरुको नाफा साढे १७ अर्ब भन्दा बढी, कुनको कति ?


  • 425
    SHARES
  • २०८१ कार्तिक ४ गते आइतबार

    दुई महिनामा वाणिज्य बैंकहरुको नाफा साढे १७ अर्ब भन्दा बढी, कुनको कति ?

    काठमाडौं ।  चालु आर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकहरुले साढे १७ अर्ब बढी नाफा आर्जन गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार दुई महिनामा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २० लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका हुन् ।

    समीक्षा अवधिमा समीक्षा अवधिमा नबिल बैंकले सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ । भदौं मसान्तसम्म नबिलले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको हो । धेरै नाफा कमाउने दोस्रो बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४१ करोड २८ लाख, हिमालयन बैंकले १ अर्ब १६ करोड ८१ लाख, कुमारीले १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएका छन् ।

    भदौ मसान्तसम्म प्राइम बैंकले ९७ करोड ४६ लाख, एभरेष्ट बैंकले ८२ करोड ५५ लाख, एनआईसी एशियाले ५७ करोड ७५ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख, सिद्धार्थ बैंकले ६० करोड ५६ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, नेपाल एसबिआईले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २५ लाख, कृषि विकास बैंकले ८८ करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् ।

    सिटिजन बैंकले ५८ करोड ९८ लाख, एनएमबि बैंकले ७८ करोड २ लाख, प्रभु बैंकले ९१ करोड ३२ लाख र सानिमा बैंकले ६८ करोड ९२ लाख रुपैयाँ नाफा कमाएका छन् ।

    राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले २० अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् । जसमा विकास बैंकहरुको नाफा १ अर्ब ६४ करोड र फाइनान्सहरुको नाफा ८७ करोड रुपैयाँ रहेको छ ।


    images
    images

    Logo