काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ३१ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको कुल ५ अर्ब ३१ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ४ अर्ब २४ करोड ८० लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ७९ करोड ६५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा २६ करोड ५५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित भदौ कात्तिक २ गते साँझ ७ बजेसम्म प्रस्ताव गर्न सक्नेछन्। यस्तो मुद्दति निक्षेप २०८१ कात्तिक १३ गतेदेखि २०८२ कात्तिक १२ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।



