काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले मंगलबार अथात् असोज २२ गते ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह बढ्न नसक्दा बैंकिङ क्षेत्रमा कायम अधिक तरलता व्यवस्थापनका लागि सो रकम खिच्न लागेको हो । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २ दिनको लागि निक्षेप बोलकबोल गर्ने भएको हो ।
यसका लागि मंगलबार अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सोरकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बताएको छ । यसको साँवा तथा ब्याज भुक्तानी असोज २३ गते हुनेछ ।



