images
images

सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउने


  • 297
    SHARES
  • २०८१ आश्विन ९ गते बुधबार

    सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउने

    काठमाडौं । सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत आज थप १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ६ वर्षे अवधिको ’विकास ऋणपत्र २०८७’ को बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउनका लागेको हो । 

    विकास ऋणपत्र २०८७ को असोज ९ गते बुधबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म बोलकबोल हुनेछ भने असोज १० गते बिहीबार निष्कासन हुने जनाइएको छ । 

    यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । २०८७ साल असोज ९ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

    उक्त ऋणपत्र न्यूनतम ५ लाख र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ ५ लाखले भाग लिँदा निशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ ।

     

     


    images
    images

    Logo