काठमाडौं । ऋणको सावाँब्याज भुक्तानी गर्न गरिमा विकास बैंकले ३५ दिनको समय दिएको छ । बैंकले आज सार्वजनिक सूचना जारी गर्दै विभिन्न कर्जा शीर्षकमा ऋण लिएका १३ जना ऋणीहरूलाई कर्जा चुक्ता गर्न ३५ दिनको समय दिएको हो ।
बैंकले कर्जा तिर्न पटक–पटक मौखिक र लिखित ताकेता गर्दा समेत बेवास्ता गरेका ऋणीहरूलाई साँवा, ब्याज, हर्जाना तथा अन्य दस्तुरसहितको रकम भुक्तानी गर्न आग्रह गरेको हो । बैंकले ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा कानूनी प्रक्रिया अनुसार धितोमा रहेको चल–अचल सम्पत्ति लिलामी गरी असुल उपर गरिने चेतावनी दिएको छ ।
साथै, समयमै कर्जा भुक्तान नगर्ने ऋणीहरूको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गराउन समेत सिफारिस गरिने बताइएको छ ।
