images
images

बैंकिङ प्रणाालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक


  • 354
    SHARES
  • २०८१ आश्विन ६ गते आइतबार

    बैंकिङ प्रणाालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि आज ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले आज असोज ६ गते फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। 

    यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

    यो १४ दिने निक्षेप संकलन उपकरणको असोज २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।


    images
    images

    Logo