काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा राष्ट्रिय स्तरका विकास बैंकले ८४ करोड ६० लाख रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस्तो अवस्था देखिएको हो ।
तथ्यांकअनुसार साउनमा राष्ट्रियस्तरका ८ विकास बैंकले कुल ८४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । सो अवधिमा नाफा आर्जनको हिसाबले शाइन रेसुंगा पहिलो स्थानमा रहेको छ । यो बैंकले २० करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ
दोस्रोमा मुक्तिनाथ रहेको छ । साउनमा मुक्तिनाथले १६ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । उच्च नाफाका हिसाबले महालक्ष्मी तेस्रो स्थानमा रहेको छ । महालक्ष्मीले साउनमा १० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ ।
यसैगरी साउनमा गरिमाले ९ करोड ४६ लाख रुपैयाँ, कामना सेवाले ८ करोड ५८ लाख रुपैयाँ, ज्योतिले ८ करोड ३७ लाख रुपैयाँ, सांग्रिलाले ६ करोड ८१ लाख रुपैयाँ र लुम्बिनीले ३ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् ।



