images
images

बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक


  • 324
    SHARES
  • २०८१ आश्विन २ गते बुधबार

    बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि आज २५ अर्ब रुपैयाँ खिच्ने भएको छ ।  बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले उक्त रकम निक्षेप संकलन उपकरणमार्फत खिच्न लागेको हो ।

    राष्ट्र बैंकले बुधबार २१ दिने अवधिका लागि अवधिको उक्त रकम निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले बुधवार अपरान्ह ३ बजे बोलकबोल गर्ने बताएको छ ।

    उक्त अवधिको निक्षेप संकलन उपकरणको आगामी असोज २३  गते साँवा तथा ब्याज भुक्तानी गरिने सूचनामा उल्लेख छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्नुपर्नेछ ।

    उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले उक्त रकमलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । राष्ट्र बैंकले यसअघि भदौ महिनामा पनि लगातार सात पटक तरलता खिचेको थियो । 


    images
    images

    Logo