images
images

असोजका लागि ९ वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा २ बैंकले बढाए, कुनको कति ?


  • 466
    SHARES
  • २०८१ भाद्र ३१ गते सोमबार

    असोजका लागि ९ वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा २ बैंकले बढाए, कुनको कति ?

    काठमाडौं । वाणिज्य बैंकले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् ।  हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका छन् भने २ वाणिज्य बैंकहरुले घटाएका छन्। 

    औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब असोज महिनाका लागि ६.३८ प्रतिशत कायम भएको छ । भदौमा औसत ब्याजदर ६.५३ प्रतिशत थियो । औसतलाई आधारमान्दा वाणिज्य बैंकहरुको ब्याजदर असोजका लागि ०.१५ विन्दुले घटेको छ ।

    भदौ महिनाको तुलनामा एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन्। यस्तो ब्याजदर बढाउने बैंक भने कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड रहेका छन्। 

    यसैगरी ग्लोबल आईएमई, माछापुच्छ्रे, प्रभु र सिद्धार्थले निक्षेपको अधिकतम ब्याजदर भदौकै लाई निरन्तरता दिएका छन् । नेपाल बैंक र कृषि विकास बैंकले असोज महिनाका लागि ब्याजदर बढाएका हुन् । 

    कुन बैंकको व्याजदर कति ?

    interst rate.jpg

     

     

     


    images
    images

    Logo