images
images

आज बैंकिङ प्रणालीबाट १ खर्ब खिच्दै राष्ट्र बैंक


  • 319
    SHARES
  • २०८१ भाद्र ३० गते आइतबार

    आज बैंकिङ प्रणालीबाट १ खर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज भदौ ३० गते फेरि एकैपटक एक सय अर्ब (१ खर्ब) रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि १०० अर्ब रुपैयाँ तान्न लागेको हो। 

    यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    यो २१ दिने निक्षेप संकलन उपकरणको असोज २० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

     

     


    images
    images

    Logo