images
images

१ अर्ब ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 370
    SHARES
  • २०८१ भाद्र २४ गते सोमबार

    १ अर्ब ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ५० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले  उपदान तथा पेन्सन कोषमा रहेको कुल १ अर्ब ५० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो।

    राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब २० करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा २२ करोड ५० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ७ करोड ५० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ। 

    आगामी असोज ४ गते देखि लागू हुनेगरी २०८२  असोज ४ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित भदौ २६ गते बेलुका ७ बजेसम्म प्रस्ताव गर्न सक्नेछन्। 

    न्यूनतम पुँजी कोष कायम गरेका, निष्क्रिय कर्जा सीमाभित्र रहेका लगायतका मापदण्ड पूरा गरेका बैंक तथा वित्तीय संस्थाहरूले रकम जम्मा गर्नका लागि प्रस्ताव गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। 

    बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पुँजी कोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको तथा खुद तरल सम्पत्ति बैंकले तोकेको न्युनतम सीमा कायम गरेका बैंक वित्तीय संस्थाहरुले आवेदन गर्न सक्नेछन् ।

     


    images
    images

    Logo