images
images

विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल


  • 412
    SHARES
  • २०८१ भाद्र १२ गते बुधबार

    विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बोलकबोल

    काठमाडौं । सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३ वर्षे अवधिको विकास ऋणपत्र २०८४ को बोलकबोल मार्फत १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।

    विकास ऋणपत्र २०८४ को भदौ १२ गते बुधबार विहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने भदौ १३ गते विहीबार निष्कासन हुने जनाइएको छ । यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन्।

    यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।न्यूनतम ५लाख र बढीमा कुल निष्कासित रकमको सीमा नबढाइ ५ लाखले भाग लिँदा निशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ। 

    २०८४साल भदौ १२ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । 


    images
    images

    Logo