images
images

मुलुकको समृिद्धमा सहकारीको अहम भूमिका छ‌: राज्यमन्त्री वाटी


  • 540
    SHARES
  • २०७८ आश्विन १७ गते आइतबार

    मुलुकको समृिद्धमा सहकारीको अहम भूमिका छ‌:  राज्यमन्त्री वाटी

    मध्यपुर थिमि । वाग्मती प्रदेशका उद्योग, पर्यटक, वन तथा वातावरण राज्यमन्त्री सरस्वती वाटीले मुलुकलाई विकास र समृिद्धकाे बाटोमा अगाडि बढाउन सहकारीको अहम भूमिका रहेको बताइन् ।  

    उनले सहकारी, नीजि र प्रदेश सरकारको सहभागीतामा कृषि व्यवसाय तथा विकास निर्माणका कार्यहरु गर्ने गरी नीति तर्जुमा गरिएको प्रश्ट्याइन्।

    शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभाको शनिबार मध्यपुर थिमिमा उद्घाटन गर्दै उनले बचत व्यवस्थापन गरेर अगाडि बढ्न सकेको खण्डमा अवश्य पनि हाम्रो आर्थिक अवस्था राम्रो हुने छ भनिन् । 

    राज्यमन्त्री वाटीले हाम्रो देश कृषि प्रदान देश भएकाले सहकारीको माध्यमबाट कृषिमा लगानी गरी अगाडि बढ्ने प्रदेश सरकारको नीति रहेको बताउँदै वाग्मती प्रदेशले यो आर्थिक वर्षमा ३ प्रतिशत व्याजमा कृषि तथा अन्य व्यसायमा लगानी गर्ने गरी दुई अर्ब रुपैयाँ छुट्याइएको जानाकारी दिइन् ।

    पुरुष र महिला बराबरी हिस्सामा रहेको हाम्रो मुलुकमा हरेक निकायमा महिलाहरुको प्रतिनिधित्व अनिवार्य रुपमा ५० प्रतिशत हुनुपर्नेमा जोड दिंदै उनले अहिलेको अवस्थामा ३३ प्रतिशतमा सीमित भएर बस्नु पर्ने वाध्यता छ भनिन् ।

    कार्यक्रममा वाग्मती प्रदेशका सदस्य प्रतिमा श्रेष्ठले शंखधर सोकोसको स्थापनादेखि हालसम्म समाज परिवर्तनमा निकै योगदान पु्याउन सकेको उल्लेख गर्दै सहकारीले ज्येष्ठ नागरिक, एसईई पास गरेका विद्यार्थी, गरिब विद्यार्थीलाई प्रदान गरेको छात्रवृत्ति जस्ता कार्यको प्रशंशा गरिन् । 
     
    उनले सहकारी संस्थाले मध्यपुर थिमिको पर्यटक प्रवद्र्धनमा पनि लगानी गरी स्वदेशी तथा विदेशी पर्यटकलाई यस क्षेत्रमा रहेका ऐतिहासिक सम्पदा, पूरातात्विक वस्तुहरु, यहाँको कृषि प्रणाली, माटोको भाडाकुडा बउनाउने प्रविधिहरुमात्र देखाउन सकेपनि आर्थिक उपार्जन गर्न सहज हुने बताइन् ।
     
    'याहाँका परम्परागत तथा पुरातात्विक सम्पदा, कला संस्कृतिको जगेर्नागरी संग्रहालय निर्माण गर्न सके पनि स्वदेशी तथा विदेशीहरु पर्यटकहरु ती सम्पदाको अध्ययन अनुसन्धान गर्न पर्यटकहरु आउने छन् , श्रेष्ठले विश्वास व्यक्त गरिन् । 
     
    अहिलेसम्म मध्यपुर थिमिमा पर्यटक भित्र्याउनेतर्फ कुनै योजना नगरिएको र पर्यटकबाट एक रुपैयाँमा आम्दानी गर्न नसकेको औंल्याउँदै उनले याहाँका मठमन्दिर, पाटी पौवा, कला संस्कृति, जात्रा पर्वहरुको प्रचाप्रसार गरी पर्यटकलाई आकर्षण गर्न अब सहकारीले अहम भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।
     
    थोरै थोरै रकम संकलन गरेर अगाडि बढीरहेका सहकारीहरुले चाहेमा सरकारको बजेट बिना नै ठूला ठूला काम गर्न सक्ने क्षमता राख्दछ भन्दै शंखधर साकोसको अझ प्रगति होस् भन्ने कामना गरिन् ।

    कार्यक्रममा वाग्मती प्रदेशका राज्यमन्त्री वाटी प्रदेश सदस्य श्रेष्ठले संस्थाका सदस्यहरु पुरुषतर्फ ज्येष्ठ नागरिक काजीबहादुर मानन्धर, महिला तर्फ ज्येष्ठ नागरिक राजमाया मकै प्रजापति, सदस्यका छोराछोरी मध्य एसईई परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्ने ६ जना विद्यार्थी, आदर्श मावि लायकू, बालप्रेमी मावि बालकुमारी, गणेश मावि नगदेशका एक एक जना विद्यार्थी छात्रवृत्ति प्रदान गरिएको थियो । 

    sahakari 2.jpg

    कार्यक्रममा शंखधर बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष रामसुन्दर श्रेष्ठ, सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठ, कोषाध्यक्ष रामबहादुर श्रेष्ठ, लेखा सुपरीवेक्षण समितिका संयोजक रत्नसुन्दर श्रेष्ठले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा जिल्ला बचत तथा ऋण संस्था लिमिटेड भक्तपुरका सदस्य पञ्चकृष्ण श्रेष्ठ, जिल्ला सहकारी संघका सुलोचना दवाल, उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ र स्फेकका अध्यक्ष हिरारत्न वज्राचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
     
    शंखधर बचत तथा ऋण सहकारी संस्थामा तीन हजार २ सदस्यबाट नियमित बचत, क्रमिक आवधिक बचत, बाल बचत, खुत्रुके बचत, मासिक बचत, समृद्धि बचत, शंखधर बचत, ऐतिक बचत, कर्मचारी बचत, आवधिक नारी बचत, ज्येष्ठ नागरिक बचत, सदस्य राहत बचतलगायतका शिर्षकबाट ३८ करोड ५२ लाख २३ हजार ३१५ रुपैयाँ संकलन गर्न सफल भएको छ । 

    यसैगरी घर जग्गा व्यवसाय ऋण, व्यापार व्यवसाय ऋण, सुविधा ऋण, घर निर्माण ऋण, वैदेशिक रोजगार ऋण, कृषि ऋण, जग्गा खरिद ऋण, सामाजिक ऋण, स्वास्थ्य ऋण शिक्षा, ऋण र सेयर ऋण शिर्षकमा ३१ करोड १७ लाख ७४ हजार ११६ रुपैयाँ ऋण लगानी गरेको छ । यि विभिन्न शिर्षकमा गरिएको ऋण लगानीबाट यस वर्ष ९४ लाख १९ हजार २१५ रुपैयाँ मुनाफा गर्न सफल भएको छ । 

    साकोसमा दिगो रुपमा व्यवस्थित तरिकाले सञ्चालन गर्न विभिन्न १० वटा नीति तथा ६ वटा कार्यविधि बनाई सञ्चालन गरिरहेको छ । ।


    images
    images

    Logo