images
images

बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक


  • 350
    SHARES
  • २०८१ भाद्र २ गते आइतबार

    बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।  बजारमा अधिक तरलता भइरहेकोले बैंकले आज निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ खिच्न लागेको हो ।

    २१ दिनका लागि बोलकबोल हुने उक्त उपकरणको सावाँ र ब्याज २३ भदौमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोबाट तय हुनेछ ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

     

     


    images
    images

    Logo