images
images

भदौका लागि अधिकांश वाणिज्य बैंकले घटाए व्याजदर, कुनले कति दिन्छ ?


  • 543
    SHARES
  • २०८१ श्रावण ३२ गते शुक्रबार

    भदौका लागि अधिकांश वाणिज्य बैंकले घटाए व्याजदर, कुनले कति दिन्छ ?

    काठमाडौं । भदौमा अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । नयाँ महिनाको लागि निर्धारित ब्याजदर अघिल्लो महिनाको अन्तिमसम्म सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार वाणिज्य बैंकहरुले प्रकाशन गरेको नयाँ ब्याजदर तालिका अनुसार यस्तो देखिएको हो । 

    भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ६.४९ प्रतिशतविन्दु रहेको छ। यो साउन महिनाको तुलनामा ०.२३ प्रतिशतविन्दु कम हो। साउन महिनामा बैंकहरुको यस्तो ब्याजदर ६.७२ प्रतिशतविन्दु थियो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.२४ प्रतिशतविन्दु घटेको छ।

    सूचना प्रकाशित गरेका १८ बैंकहरुमध्ये १३ बैंकहरुले ब्याजदर घटाएका छन् भने ४ बैंकहरुले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी १ बैंकले भने ब्याजदर बढाएको छ।

    एनआईसी एशिया र एनएमबिले दिन्छ सबैभन्दा बढी ब्याज

    भदौ महिनामा एनआईसी एशिया र एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन्। व्यक्तिगत मुद्दति निक्षेपमा यी बैंकहरुले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने भएका छन्। सबैभन्दा कम ब्याज दिने बैंक भने नेपाल बैंक रहेको छ। यस्तो निक्षेपमा सो बैंकको अधिकतम ब्याजदर ५.२५ प्रतिशत रहेको छ।

    1.png

    2.png


    images
    images

    Logo