images
images

एक वर्षमा जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे बीमाशुल्क आर्जन ?


  • 425
    SHARES
  • २०८१ श्रावण २७ गते आइतबार

    एक वर्षमा जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे बीमाशुल्क आर्जन ?

    काठमाडौं । एक वर्षमा जीवन बीमा कम्पनीहरुले सातैवटा प्रदेशबाट कुल १ खर्ब ५६ अर्ब ५० करोड १२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले यो एक वर्षको अवधिमा सो रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुुन् । 

    गत वर्ष जीवन बीमकले बाग्मती प्रदेशमा सर्वाधिक ६९ अर्ब ६१ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस्तै दोस्रोमा लुम्बिनी प्रदेशबाट २४ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    समीक्षा वर्षमा जीवन बीमा कम्पनीहरुले कोशी प्रदेशबाट १९ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। त्यसैगरी, गण्डकी प्रदेशबाट १५ अर्ब ८० करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको छ । गत वर्ष मधेश प्रदेशमा जीवन बीमकले १४ अर्ब १ करोड २८ लाख ६९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । 

    त्यस्तै, गत वर्ष सुदूरपश्चिम प्रदेशमा ९ अर्ब ३५ करोड ७८ लाख ९३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।  


    images
    images

    Logo