images
images

सम्पत्ति विवरण नबुझाउने कर्मचारीको बैंकबाटै जरिवाना तिर्ने व्यवस्था मिलाउन निर्देशन


  • 457
    SHARES
  • २०८१ श्रावण २४ गते बिहीबार

    सम्पत्ति विवरण नबुझाउने कर्मचारीको बैंकबाटै जरिवाना तिर्ने व्यवस्था मिलाउन निर्देशन

    काठमाडौं । सम्पत्ति विवरण नबुझाउने कर्मचारीहरुको बैंकबाटै जरिवाना तिर्ने व्यवस्था मिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।  बुधबार राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पत्ति विवरण सम्बन्धी पत्रका आधारमा उक्त व्यवस्था गर्न निर्देशन दिएको जनाएको छ । 

    सरकारी कारोबार गर्ने वाणिज्य बैंकहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोडमा ७७ वटै जिल्लाबाट संघीय राजस्व खातामा राजस्व जम्मा गर्न सकिने व्यवस्था मिलाउनुपर्ने भएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ साउनमा राष्ट्र बैंकलाई पत्राचार गर्दै उक्त व्यवस्था गर्न अनुरोध गरेको थियो । आर्थिक वर्ष २०७९–८० को सम्पत्ति विवरण फारम भरि तोकिएको मितिभित्र पेस नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी–कर्मचारीले ५ हजार जरिवाना तिनुपर्ने अख्तियारले जनाएको छ ।

     

     


    images
    images

    Logo