images
images

६८ प्रतिशतसम्म घट्यो वाणिज्य बैंकको नाफा, १० बैंकको नाफामा वृद्धि


  • 477
    SHARES
  • २०८१ श्रावण २१ गते सोमबार

    ६८ प्रतिशतसम्म घट्यो वाणिज्य बैंकको नाफा, १० बैंकको नाफामा वृद्धि

    काठमाडौं । हाल सञ्चालनमा रहेका २० मध्ये १० बैंकको नाफा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तिय विवरण अनुसार यस्तो अवस्था देखिएको हो । 

    वाणिज्य बैंकहरुले यो अवधिमा ६४ अर्ब ०६ करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफाको तुलनामा १३.४२ प्रतिशतले बढी हो । बैंकहरुले अघिल्लो आर्थिक वर्षमा ५६ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेका थिए । 

    सो अवधिमा नाफा वृद्धि गर्ने बैंकहरुमा प्रभु, कुमारी, प्राइम कमर्सियल, कृषि विकास बैंक, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, नबिल र एभरेष्ट बैंक रहेका छन् । बाँकी बैंकहरु नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, सानिमा, ग्लोबल आईएमई, माछापुच्छ्रे, एनएमबि, सिटिजन्स, नेपाल बैंक र एनआईसी एशिया बैंकको नाफा घटेको छ । 

    वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया बैंकको नाफा सर्वाधिक ६८.९१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड रुपैयाँ नाफा गरेको उक्त बैंकको नाफा घटेर यसपटक १ अर्ब ३८ करोड रुपैयाँमा झरेको छ । 

    त्यस्तै, नेपाल बैंकको नाफा पनि ५१.८९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ४३ करोड नाफा गरेको सो बैंकको नाफा यसपटक घटेर १ अर्ब ६५ करोड रुपैयाँमा सिमित भएको छ । 

    एनएमबी बैंकको नाफा पनि २७.६३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २२ करोड नाफा गरेको सो बैंकको नाफा यसपटक घटेर २ अर्ब ३३ करोड रुपैयाँमा सिमित भएको छ । 

    commercial bank profit.jpg

    १० बैंकको नाफा बढ्यो

    १० वटा वाणिज्य बैंकहरुको नाफा घट्दा पनि १० वटाको भने नाफा बढेको छ । प्रभु, कुमारी, प्राइम कमर्सियल, कृषि विकास बैंक, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, नबिल र एभरेष्ट बैंकको नाफा गत आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा बढेको छ । 

    गत आर्थिक वर्षमा प्रभू बैंकको नाफा सर्वाधिक १५०० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २८ करोड रुपैयाँ नाफा गरेको उक्त बैंकको नाफा यसपटक बढेर ४ अर्ब ४८ करोड रुपैयाँ पुगेको हो ।

    त्यस्तै कुमारी बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकको नाफा पनि दोब्बर भन्दा धेरैले बढेको छ । 

    सो अवधिमा नबिल बैंकले सर्वाधिक ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । 

    table.jpg
    Amount in crores

     

     

     


    images
    images

    Logo