काठमाडौं । एनएमबि बैंकको नाफा २७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले २ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.६३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकले ७ अर्ब ४९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने २३ करोड रुपैयाँ रहेको छ। १८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
सो बैंकले २ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी १२.७२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५८.२७ रुपैयाँ रहेको छ ।



