images
images

नेपाल बैंकको नाफा १ अर्ब ६५ करोड, अन्य सुचक कस्ता ?


  • 344
    SHARES
  • २०८१ श्रावण २१ गते सोमबार

    नेपाल बैंकको नाफा १ अर्ब ६५ करोड, अन्य सुचक कस्ता ?

    काठमाडौं । नेपाल बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.८९ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको थियो।

    असार मसान्तसम्ममा बैंकले ८ अर्ब ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा बैंकले  ९ अर्ब ४० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ७६ करोड ९३ लाख रुपैयाँ रुपैयाँ रहेको छ । १४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब ३८ करोड रुपैयाँ सञ्चित रहेको छ । 

    सो बैंकले ८३ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी ११.२८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २५७.५७ रुपैयाँ रहेको छ ।


    images
    images

    Logo