images
images

ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 382
    SHARES
  • २०८१ श्रावण २१ गते सोमबार

    ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । ग्लोबल आइएमई बैंकले ६ अर्ब १ करोड नाफा कमाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१३ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    असार मसान्तसम्ममा बैंकले १६ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले  १७ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ। सो बैंकले ४ खर्ब ८७ अर्ब रुपैयाँ  निक्षेप संकलन गरी ६ खर्ब ६९ अर्ब रुपैयाँ  कर्जा  प्रवाह गरेको छ । 

    ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ।  नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ।

     


    images
    images

    Logo