images
images

३२ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, वितरणयोग्य नाफा कति ?


  • 335
    SHARES
  • २०८१ श्रावण २१ गते सोमबार

    ३२ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, वितरणयोग्य नाफा कति ?

    काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा ३२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत बर्षको सोही अवधिको तुलनामा ३२.७९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २८ करोड रुपैयाँ नाफा कमाएको थियो।

    असार मसान्तसम्ममा बैंकले ११ अर्ब ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २८ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५५ पैसा रहेको छ। २३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। 

     सो बैंकले ३ खर्ब २८ अर्ब निक्षेप संकलन गरी  २ खर्ब ५० अर्ब  रुपैयाँ कर्जा  प्रवाह गरेको छ । 

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर १३ रुपैयाँ ९ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ।


    images
    images

    Logo