images
images

प्राइम बैंकको नाफामा २६७ प्रतिशत उछाल, प्रतिशेयर आम्दानी कति ?


  • 313
    SHARES
  • २०८१ श्रावण २१ गते सोमबार

    प्राइम बैंकको नाफामा २६७ प्रतिशत उछाल,  प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३ अर्ब ७७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६७।१९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको थियो।

    असार मसान्तसम्ममा बैंकले ८ अर्ब ९१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले  ७ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १९ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ १८ पैसा रहेको छ। सो बैंकले २ खर्ब ११ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८१ अर्ब  रुपैयाँ कर्जा  प्रवाह गरेको छ । 

    १९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ १५ पैसा बढेर १९ रुपैयाँ ४५ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ। 


    images
    images

    Logo