images
images

६८ प्रतिशतले घट्यो एनआईसी एशिया बैंक नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 358
    SHARES
  • २०८१ श्रावण २१ गते सोमबार

    ६८ प्रतिशतले घट्यो एनआईसी एशिया बैंक नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं ।  एनआईसी एशिया बैंक नाफा ६८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले  १ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८।९१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएको थियो।

    असार मसान्तसम्ममा बैंकले १० अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १२ अर्ब २५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । 

    सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने २ अर्ब ३० करोड रुपैयाँ ऋणात्मक रहेको छ। सो बैंकले ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा  प्रवाह गरेको छ । 

    १४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपैयाँ १७ पैसा घटेर ९ रुपैयाँ २६ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात ४७.८४ गुणा रहेको छ। 

     

     

     


    images
    images

    Logo