images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा कति ?


  • 348
    SHARES
  • २०८१ श्रावण २१ गते सोमबार

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नाफा बढेको छ ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले  ५ अर्ब १९ करोड  रुपैयाँ नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको थियो।

    असार मसान्तसम्ममा बैंकले १५ अर्ब १ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १२ अर्ब ३० करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । 

    सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ। सो बैंकले  ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ७ अर्ब रुपैयाँ कर्जा  प्रवाह गरेको छ । 

    ३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ३३ पैसा बढेर १५ रुपैयाँ २३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ।


    images
    images

    Logo