काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एक बर्षमा ४१ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सो अवधिमा २८ लाख ४९ हजार ९ सय ३४ बीमा पोलिसी विक्री गरी ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
यी बीमा कम्पनीहरुले गत आर्थिक बर्षको असारमा मात्रै ४ अर्ब ८४ करोड १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको देखिन्छ । असारमा बीमा कम्पनीहरुले २ लाख ४१ हजार बीमालेख जारी गरी उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।
सबैभन्दा बढी बीमाशुल्क शिखर इन्स्योरेन्स आर्जन गरेको छ । कम्पनीले सो अवधिमा ३ लाख १७ हजार बीमालेख जारी गरी ५ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
यस्तै यसै अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ५८ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १७ करोड, हिमालयन एभरेष्टले ३ अर्ब ७२ करोड र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
यस्तै नेको इन्स्यारेन्सले ३ अर्ब १४ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७२ करोड, सानिमा जिआइसीले २ अर्ब ६१ करोड र एनएलजी इन्स्योरेन्सले २ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५९ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।



