images
images

अधिक तरलता भएपछि बैंकिङ्ग प्रणलीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक


  • 401
    SHARES
  • २०८१ श्रावण ९ गते बुधबार

    अधिक तरलता भएपछि बैंकिङ्ग प्रणलीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार बैंकिंग प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गरी ४० अर्ब खिच्न लागेको हो।

    अहिले बैंकहरुमा तरलता थुप्रिएका कारण केन्द्रीय बैंकलाई ब्याजदर करिडोर व्यवस्थापन गर्न कठिन भएको छ। अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाभन्दा पनि तल झरेको छ। अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत भन्दा तल छ।

    राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमामा राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरि तरलता खिच्न लागेको हो। पछिल्लो समय केन्द्रीय बैंकले निरन्तर तरलता खिचिरहेको छ।

    बैंकहरुले न्युनतम १० करोड निक्षेप राख्न आवेदन दिन सक्नेछन्।निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । २१ दिनका लागि निष्कासन हुने उक्त उपकरणको सावाँ तथा ब्याज भुक्तानी ३० साउनमा हुनेछ । 

     

     


    images
    images

    Logo