images
images

राष्ट्र बैंकको कारबाहीमा परे ५ विकास बैंक र ३ फाइनान्स कम्पनी, कुन–कुन परे ?


  • 555
    SHARES
  • २०८१ श्रावण २ गते बुधबार

    राष्ट्र बैंकको कारबाहीमा परे ५ विकास बैंक र ३ फाइनान्स कम्पनी, कुन–कुन परे ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचवटा विकास बैंक र तीनवटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक,नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट,सिध्नु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् ।

    त्यस्तै तीनवटा फाइनान्स कम्पनी कारबाहीमा परेका छन् । वेष्ट फाइनान्स,रिलायन्स फाइनास,प्रोग्रेसिभ फाइनान्स केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् ।

    आर्थिक वर्ष २०८०/८१ को चौथो त्रयमास अवधिमा इजाजतपत्रप्राप्त ख वर्गका विकास बैंक र ग वर्गका वित्त कम्पनी तथा संस्थाका अध्यक्ष सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागले कारबाही गरेको हो ।

    नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात कायम नगरेको भन्दै राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई २ हजार ५४६ रुपैयाँ जरिबाना लगाएको छ । त्यसै गरि नारायणी डेभलपमेन्ट बैंकलाई यसअघि २०८० माघ २१ मा गरिएको शीघ्र सुधारात्मक कारबाहीलाई ‍केन्द्रीय बैंकले निरन्तरता दिएको जनाएको छ ।

    कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण राष्ट्र बैंक समक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको तथा वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको छ ।

    सिन्धु विकास बैंकले सुपरिवेक्षकीय समायोजन पश्चात संस्थाको न्यूनतम पुँजीकोष अनुपात ३२.९० प्रतिशतले नपुगेको भन्दै केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको छ ।

    त्यस्तै सिन्धु विकास बैंकका अध्यक्ष र सञ्चालक समितिलाई संस्थामा गरिएका हरेक निर्णय व्यवस्थापनको सिफारिसमा गरीएको भनी निर्णयको स्वामित्व लिन नखोजी गैह–जिम्मेवारीपूर्ण तर्क पेश गरेको तथा संस्था सुधारका लागि पटक पटक दिइएका निर्देशनहरू पालना नगरेकोले संस्थाको सञ्चालक समितिका अध्यक्ष, राजेन्द्र कुमार श्रेष्ठलाई राष्ट्र बैंकले ५ लाख नगद जरिबाना गरेको छ ।

    राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको व्यवस्था विपरित चेक खरिद गरेको, चेकलाई धितोको रुपमा लिएको र सो चेकको आधारमा २ करोड ५० लाख रुपैयाँ बराबरको शेयर धितो फुकुवा गर्ने निर्णय सञ्चालक समितिबाट गरेको, व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ वटा ऋणीहरुलाई प्रवाह गरिएको कर्जाको साधारण ब्याजसमेत मिनाह गरी साँवा रकम मात्र असुल उपर गरेको  उल्लेख गरेको छ । 

    त्यस्तै एक्सेल डेभलेपमेण्ट बैंकलाई राष्ट्र बैंकले वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको भन्दै सचेत गराएको छ ।


    images
    images

    Logo