images
images

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक


  • 377
    SHARES
  • २०८१ बैशाख १३ गते बिहीबार

    जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक

    काठमाडाैं । नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा आयोजना गर्न लागेको ‘हिमाल, मानव र जलवायु परिवर्तन विषयको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमको नयाँ वेबसाइट सार्वजनिक गरिएको छ ।

    वन तथा वातावरण मन्त्रालयले बुधबार एक कार्यक्रम आयोजना गरी उक्त कार्यक्रमको तयारीका लागि mountain.mofe.gov.np नामक वेबसाइट सार्वजनिक गरेको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जलवायु सल्लाहकार डा. पुपलर जेण्टलले वेबसाइट सार्वजनिक गर्दै यसबाट स्वदेश तथा विदेशमा रहेका सरोकारवाला विज्ञहरुले संवादबारेमा जानकारी तथा सूचना सहजरुपमा प्राप्त गर्ने बताए।

    वेबसाइटमा संवादको तयारीका क्रममा गरिने कार्यका संवाद समापन सम्पन्न सम्मका सूचना राख्दै जाने मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले बताए।

    जलवायु परिवर्तनसम्बन्धी यो विज्ञ संवादको उद्देश्य जलवायु परिवर्तनको सन्दर्भमा पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यलाई सुदृढ, समन्वय र प्राथमिकता दिने रहेको छ।

    साथै पर्वतीय देशहरू र सम्बद्ध सबै सरोकारवालालाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिअन्तर्गतका कार्यक्रममा सहकार्य गर्न वातावरण बनाउने लक्ष्य राखिएको छ।

    प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने उक्त विशेषज्ञ संवादमा नेपाललगायत पर्वतीय देशहरू, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मी समेत गरी २०० जनाभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। 


    images
    images

    Logo