images
images

अब स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने


  • 846
    SHARES
  • २०७८ भाद्र २२ गते मंगलबार

    अब स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने

    काठमाडौं । अब स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने भएका छन् । 

    कोरोनाको महामारीको सङक्रमण बढेसँगै विभिन्न व्यक्ति तथा समुहहरुले एम्बुलेन्स सञ्चालनमा ल्याएर सेवा प्रदान गर्ने बहानामा 
    एम्बुलेन्सको दुरुपयोग गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ निर्माण गरी  अब स्वास्थ्य संस्थाले मात्रै एम्बुलेन्स दर्ता र सञ्चालन गर्न पाउने नियम बनाएको हो ।


    सो निर्देशिकामा स्वास्थ्य संस्थाले मात्रै एम्बुलेन्स दर्ता र सञ्चालन गर्न पाउने र सबै एम्बुलेन्समा अनिवार्य फोर व्हील ड्राइभ, पावर स्टेरिङ, सस्पेन्सन चेन सिस्टमको व्यवस्था हुनुपर्ने जनाएको छ । 

    साथै एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित तालिम लिनुपर्ने हुन्छ । यस्तै, चालक र एम्बुलेन्समा रहने आपत्कालीन मेडिकल प्राविधिकले पनि अनिवार्य रूपमा पोसाक लगाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

    निर्देशिकामा ‘प्रेषण केन्द्र’ स्थापना गरी ‘क’ र ‘ख’ वर्गका १ र १ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । हाल ‘ग’ वर्गमा सञ्चालित एम्बुलेन्स नवीकरण गर्दा अनिवार्य ‘क’ वा ‘ख’ मा स्तरोन्नति गर्नुपर्ने हुन्छ ।

     

    ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्समा हेल्थ असिस्टेन्ट वा नर्स र चालक हुनुपर्ने प्रावधान ल्याइएको छ ।  ‘ग’ वर्गका लागि अहेब वा अनमीको अनिवार्य व्यवस्था ५ देखि ५० बेड अस्पताल तथा प्रादेशिक र सङ्घीय अस्पतालले कम्तीमा ‘क’ र ‘ख’ वर्गको एकएकवटा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

    एम्बुलेन्स सेवाको गुणस्तर, भाडादर निर्धारण, नियमन जिल्लास्तर, प्रदेशस्तर र संघीय तहमा अनुगमन समितिहरूको व्यवस्था समेत गरेको छ ।

    ambulance-12.jpg

     


    images
    images

    Logo