images
images

धनकुटाको युवा नेतृत्वले गृहजिल्ला पठायो स्वास्थ सामाग्री


  • 812
    SHARES
  • २०७८ भाद्र २२ गते मंगलबार

    धनकुटाको युवा नेतृत्वले गृहजिल्ला पठायो स्वास्थ सामाग्री

    काठमाडौं । नेकपा (एकीकृत समाजवादीं) धनकुटाको युवा नेतृत्वले गृहजिल्लामा स्वास्थ सामाग्री पठाएको छ । 


    संघीय सांसद तथा नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्री तथा नेकपा (एकीकृत समाजवादी)  धनकुटाका अध्यक्ष  अर्जुन राई ,युवा नेता ऐन बिक्रम कुवर तथा अनेरास्ववियू सचिवालय सदस्य मनोज अधिकारीको पहलमा स्वास्थ सामाग्री पठाएको हो । 

    धनकुटाको धनकुटा महालक्ष्मी नगरपालिकाको चानुवा स्वास्थ्य चौकी,मारेक कटहरे प्राथमिक केन्द्र ,प्राथमिक स्वास्थ केन्द्र जितपुर,सालघारी नगर स्वास्थ केन्द्र ,लेगुवा स्वास्थ चौकी र मुर्तिढुङ्गा स्वास्थ चौकीमा स्वास्थ सामाग्रीमा काठमाडौबाट पठाएको हो । 

    त्यसैगरि पाख्रिबास नगरपालिकाको आधारभूत स्वास्थ्य चौकी तल्लो सान्ने र पाख्रिवास स्वास्थ चौकी त्यसैगरी खुवाफोट स्वस्थ्य चौकी सागुँरीगढी गाउँपालिका र आधारभूत स्वास्थ सेवा केन्द्र साहिदभूमी गाउँपालिका गरि जम्मा दशवटा  स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामाग्री  पठाएको छ । 

    उक्त टोलीले अक्सिजन सिलिन्डर,अक्सिजन कोन्सेन्ट्रार,प्लस अक्सिमिटर स्पोट चेक,थर्मिमिटर,गमबुट,सेनिटाईजर,फेस स्लाईड,माक्स,एन्टिजिन कीट लगाएतका स्वास्थ्य सामाग्री पठाएको हो । 


    images
    images

    Logo